बिमानस्थलमा नाङ्गै दौडिएपछि…

यौनवद्र्धक औषधि भियग्रा खाएर थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

फुकेट बिमानस्थलमा कोरियाको इन्चोन जान लागेका उनी नग्न अवस्थामा थिए र उनले एयरपोर्टका कर्मचारी र अन्य यात्रुहरुलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ।

ति अमेरिकी नागरिक स्टिभ चो भएको थाई प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनले आफूले धेरै मात्रामा भियग्रा खाएकाले सन्तुलन बाहिर गएको स्वीकारेको थाई प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेपछि उनको कोरिया यात्रा रोकिएको छ भने उनलाई फुकेटको एक अस्पतालमा राखेर उपचार गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.