मकवानपुरको पालुङमा थाहा साहित्यिक महोत्सव हुने

जेठ २८,थाहानगर । थाहा आन्दोलनका अभियन्ता क्रान्ति पुरूष रूपचन्द्र बिष्टको २० औं  स्मृति दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को संयोजनमा प्रथम पटक थाहा साहित्यिक महोत्सव हुने भएको छ।

भाषा ,कला र संस्कृतिको क्षेत्रमा सक्रिय पालुङ साहित्य परिषद्,मकवानपुरको उत्तरी क्षेत्रमा स्थापना भई विगत लामो समयदेखि संस्थागत साहित्यको विकासको लागि क्रियाशील संस्थाको रुपमा रहेको उल्लेख गर्दै पुस्तक प्रकाशन, काव्य गोष्ठी र यस भेगको स्रष्टाहरूको सामुहिक सिर्जना संकलन गरेर नयाँ पुस्ताको लेखकहरूलाई प्रोत्साहन गर्दै आएको उक्त संस्थाले पहिलो पटक थाहा साहित्य महोत्सव गर्न लागेको जानकारी अध्यक्ष बिर्खे अञ्जानले बताउँनु भयो ।

विकास निर्माण, शिक्षा, स्वास्थ र जनमुखी अभियान बोकेर थाहा दर्शनको प्रतिवादन गर्ने राजनीतिज्ञ रूपचन्द्र बिष्टको असार ७ गते स्मृति दिवस पर्ने समय जुराएर परिषद्ले उक्त कार्यक्रम परिकल्पना गरेको हो । सो महोत्सवमा बिष्टको ब्यक्तित्व ,कृतित्व र योगदानको चर्चा गरिनुको साथै मुलुकभरका प्रतिनिधि स्रष्टाहरूको मौलिक सिर्जना वाचन ,जनवादी गीत संगीतको प्रस्तुत गरिने कुरा कार्यक्रमको मुल आयोजक थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले जानकारी दिनु भयो । उहाँले भन्नू भयो — स्थानीय सरकारको काम भौतिक निर्माण मात्रै होइन सम्वन्धित क्षेत्रको कला ,संस्कृति र साहित्यको विकास गर्नु पनि हो ।

कार्यक्रमले थाहा नगरपालिकालाई साहित्यिक पर्यटनको मुख्य गन्तब्य स्थल बनाउँन मुद्दत पुग्ने कुरा संयोजक बिर्खे अञ्जानले बताउँनु भयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.