जेठ २८, काठमाडौँ । सुन्दर देखिन कस्लाई रहर हुदैन र तर सुन्दर देखिनको लागि गरिने कसरतबाटै कहिलेकाहीँ बिरुप बनिन्छ, भन्दा धेरैलाई पत्यार नलाग्ला । तर वास्तवमा हुन्छ नै त्यस्तै सुन्दर देखिनको लागि छालाको भएका दाग, धब्बा हटाउन जरुरी हुन्छ । यसका लागि जो कोहीले पनि दैनिक क्रिमको प्रयोग गरिन्छ ।
महिला होस वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन । अनुहारका हरेक समस्या समाधानका लागि बजारमा धेरै क्रिम उपलब्ध छन । क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ । तर, कैयौँ यस्ता क्रिम हुन्छन जसले छालाको समस्या समाधान गर्नुको साटो झन ्समस्या उत्पन्न गर्न पनि सक्छ । त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ ।
क्रिम छनौट गर्दा उपनाउनुहो यि तरिका
छालामा प्रयोग गरिएको क्रिमले तत्काल प्रभाव जमाओस भन्ने उद्देश्यले प्रायः सबै क्रिममा स्टेराइडको प्रयोग गरिएको हुन्छ । तर, यस्तो पदार्थले अनुहारमा स्कार्स, पिम्पल्स, एलर्जी, दाग, धब्बा बनाउने काम गर्छ । यसका अरू पनि थुप्रै साइड इफेक्ट हुन्छन । यसले स्किनभन्दा माथि लेयर बनाउनेसमेत काम गर्छ । यस्तो पदार्थ फेयरनेस क्रिममा बढी प्रयोग गरिन्छ । त्यसैले स्टेराइड कम प्रयोग भएका क्रिम खरिद गर्न आवश्यक हुन्छ ।
प्रेजभेट्रिभ
क्रिममा भएको प्रेजभेट्रिभका कारण छालामा खतरनाक रियाक्सन हुन्छ । किनकि, यसमा पेराबेन हुन्छ । जसले स्किनमा रातो धब्बा, एलर्जीलगायतका समस्या निम्त्याउने गर्छ । त्यसैले सधैँ पेराबेन फ्री क्रिम प्रयोग गर्न आवश्यक हुन्छ ।
फ्रेगरेन्स
क्रिममा मिश्रण गरिएको फ्रेगरेन्सले एट्र्या्क्टिभ देखाउने गर्छ । तर, यसबाट बच्न जरुरी छ । त्यसका लागि हाइपो एलर्जिक लेखिएको क्रिम प्रयोग गर्नुपर्छ । यसका साथै फ्रेगरेन्स फ्री क्रिम या प्रडक्ट प्रयोग गर्नुपर्छ । यस्ता क्रिम प्रयोग गर्दा छालाको लेयर ड्यामेज हुन थाल्छ । र, छालामा कुनै असर पर्दैन ।
हाइड्रोक्युनान
छालाको रङमा निखार ल्याउन क्रिममा ब्लिचको प्रयोग गरिन्छ । तर, यस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छाला उल्टै कालो हुन थाल्छ । यसैको कारण हो जापान, अस्टेलिया र युरोपमा ब्लिचिङ क्रिम प्रडक्ट ब्यान्ड गरिएको । स्किन निकै सेन्सिटिभ हुने भएकाले राम्रोसँग जाँच गरेर मात्र क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ ।

