चर्चित क्रिकेटर युवराज सिंहले खेल जीवनबाट लिए सन्यास

जेठ २८, एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहले खेल जीवनबाट सन्यास लिएका छन्। उनले सोमबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन्।युवराज सन २००७ टी ट्वान्टी वल्र्ड कपमा भारतले गरेको जीतको नायक रहेका थिए ।

१९ वर्षीय खेल जीवनमा ४०० म्याच खेलेका युवराजले २०१९को विश्व कप क्रिकेट पनि खेल्ने चाहना राखेका थिए तर उनको स्वास्थ्यले साथ नदिएपछि त्यो चाहना पुरा हुन सकेन । युवराजका धेरै प्रशंसकहरु अचानक उनले लिएको यो निर्णयले दुखी भएका छन ।

युवराजले भारतलाई सन २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन २०११ को विश्वकपमा एक शतक र चार अर्धशतक सहित ३ सय ६२ रन बनाएका उनले १५ विकेटसमेत लिएका थिए। उनी उक्त विश्वकपमा प्लेयर अफ द सिरिज समेत बनेका थिए।

सन २०११ को विश्वकप क्रिकेटको क्रममा युवराज क्यान्सरको सामना गरिरहेका थिए। तर पनि कसैलाई थाहा नदी अष्ट्रेलिया विरुद्धको क्वाटरफाइनल खेलमा सहभागी भएका थिए र उक्त खेलमा युवराजको ५७ रनको मद्दतमा भारतले अष्ट्रेलियालाई पराजित गरेको थियो।

‘एक क्रिकेटरका रुपमा यात्रा सुरु गर्दा कुनै दिन भारतका लागि खेलौँला भन्ने लागेको थिएन। लाहोरमा मैले पहिलो शतक हानेको थिएँ। टी–२० विश्वकपमा एकै ओभारमा ६ छक्का हान्नु पनि मेरा लागि अविश्मरणिय क्षण थियो’, भावुक हुँदै उनले पत्रकार सम्मेलनमा भने ।

उनले अगाडि थपे ‘मलाई यही खेलले लड्न सिकायो,झर्न सिकायो र यसैले उठ्न पनि सिकायो ।म सानैदेखि आफ्ना पिताले भनेको बाटोमा हिडेँ र मैले देशका लागि खेल्ने उनको सपना पछ्याएँ। मेरा फ्यान जसले सदैव मेरो समर्थन गरे, म उनीहरुलाई धन्यवाद नदिई रहन सक्दिँन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.