जेठ २८, काठमाडाैँ । युरोम भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी समारोहलाई जेनेभामा सम्बोधन गर्नु भएको छ ।
समारोहमा विशेष सम्बोध गर्दै प्रधानमन्त्री ओलीले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनु भएको छ ।
उहाँले नेपाल लगानीका लागि अत्यन्त उपयुक्तस्थल बन्दै गएको पनि जानकारी दिनुभयो । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको भन्दै त्यसमा आईएलओबाट पाएको सहयोगको प्रशंसा समेत गर्नु भायो ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रतिनिधिमण्डल पनि सहभागी थियो । नेपालका सरकारी अधिकारीसहित महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।

