प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट : पाल्पामा बाँदर लखेट्ने काममा

जेठ २८, काठमाडौं । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्। बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन। रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अघि वढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए।

‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकम बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने। माथगढी गाउँपालिकाले वडैपिच्छे दुई दुई लाख बाँडे पनि हालसम्म वडा नं। ८ ले मात्रै काम सुरु गरेको छ।

तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए नभएको जानकारीसमेत लिएको छैन। ‘रकम दिएको हो। वडाध्यक्षहरुले के गरेका छन बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.