डेंगु फैलिदै संक्रमितको संख्या ३ सय ६८ पुग्यो

जेठ २८, काठमाडौं । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सोमबार थप ५४ जनामा डेंगु संक्रमण पाइएको छ। धरानमा डेंगु संक्रमितको संख्या तीन सय ६८ पुगेको छ । मनसुन सुरु हुनु अगावै डेंगु महामारी फैलाउने एडिज एजिप्टाई र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन चिकित्सकहरुले प्रशासनलाई सुझाव दिएका छन्।

स्थानीय प्रशासनले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान संचालन गरिरहेपनि संक्रमितको संख्या भने दिनदिनै बढेको बढ्यै छ। सोमबार अपरान्ह चार बजेसम्म धरानमा डेंगु संक्रमितको संख्या ३ सय ६८ पुगेको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। विकास साहकाअनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएका मध्ये ३ सय ६८ जनामा डेंगुको भाइरस संक्रमण देखिएको छ। प्रतिष्ठानमा सोमबार ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन्।

प्रतिष्ठानको आकस्मिक कक्षमा सबैभन्दा बढी डेंगुका बिरामीको भीड बढेको छ। आकस्मिक कक्षमा रगत जचाउन आउने बिरामीको भिड व्यवस्थापन गर्न प्रतिष्ठानले ट्रपिकल वार्डमा वेग्लै शैय्याको व्यवस्था गरेको डा साहले बताए। चिकित्सकले धरानमा फैलिएको डेंगु टाइप टु भएको र एडिस एजिप्टाई तथा एडिज एल्बो पिकस लामखुट्टेको टोकाइबाट संक्रमण फैलिएको बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.