कसरी होला एक नेपालीको मन ? अम्बिका भण्डारी

नेपाल मुटु हाम्रो 

कसरी होला एक नेपालीको मन।
कसैगरी नबिग्रियोस नेपाली यो पन।।

धर्ति सारा एऊटै नहोस् कतै नराम्रो ।
सबैकी आमा धर्ति नेपाल मुटु हाम्रो ।।

एऊटा मुटु दुख्दा अरु चर चर।
मिलेर बसे सबै हाँस्छ यहि घर।।

किन हुन्छ लडाई किन तेरो मेरो।
ऊजेलियोस देश नहोस् कतै मधुरो।।

सिसा जस्तो मन नबनोऊँ कसैनी।
मिले मुटु मुटु बिकाश हुन्छ जसैनी।।

कसको बन्नु पराई किन गर्नु रिस।
रिसै रिसले बन्छ हावाँ पनि प्रदुषित ।।

हिमाल हाम्रो शिर लेक तराई ज्यान।
गर्न सकौँऊ यहि धरतिको सम्मान।।

अम्बिका भण्डारी
अन्नपूर्ण –२, ढिकुर पोखरी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.