जेठ २७, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि स्थानीयवासीले तालाबन्दी गरेका छन । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न माग गर्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन ।
नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रूपमा डम्पिङ साइड निर्माणका नगरपालिकाले निर्णय गरेको भन्दै नगरपालिका–५ र ७ का स्थानीयवासीले तालाबन्दी गरेका हुन । कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफू अनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको स्थानीयको आरोप छ ।
आर्थिक वर्षको अन्त्यमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही भने मर्कामा परेका छन ।

