जेठ २७, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमा नै रोजगार सिर्जना गर्न सहयोग पुगेको बताउनुभयो । रोजगारीका लागि आवेदन आएकामध्ये २५ – २५ जनाको समुहमा विभाजन गरि नवलपुर–ज्यामिरेमाने सडम ग्राभेल गर्नेमा काम सुरु गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इन्द्रावती गाउँपालिकालाई ३४ लाख रुपैँया सरकारले विनियोजन गरेको छ ।

