जेठ २७, भीमदत्तनगर । गत बिहीबार साँझ कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।
प्रारम्भि विवरण अनुसार त्यहाँ ७५ लाख भन्दा बढि विद्युतिय संरचनामा क्षति भएको छ भने ८७० घरधुरीमा क्षति पुगेको छ । जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड अनुसार ७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका कंञ्चनपुर रेडक्रस सोसाइटी कार्यालय प्रमुख मनोज उप्रेतीले बताए ।
स्थानीय तहहरु पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय रहेका छन । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेको छ ।

