जेठ २७, एजेन्सी । लण्डनमा जारी आइसीसी एकदिवशीय विश्वकप क्रिकेटमा लगातार तीन खेलमा पराजय भोगेको दक्षिण अफ्रिका आज वेष्ट इण्डिजसँग खेल्दैछ ।
नेपाली समय अनुसार तीन बजेदेखि सुरु हुने खेलमा दक्षिण अफ्रिकाले पहिलो जितको आशाका साथ आज साउथह्याम्प्टनमा वेष्ट इण्डिजको सामना गर्नेछ । राउण्ड रोविन प्रणालीमा जारी १० टोली सम्मिलित विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नै पर्नेछ । सुरुआती २ खेलमा जित हासिल गरी अष्ट्रेलियासँग पराजित भएपछि वेष्ट इण्डिजका लागि पनि दक्षिण अफ्रिकाबिरुद्ध पुनरागमनको अवसर हुनेछ ।
साउथह्याम्प्टनको मौसम दिनभर बदली रहने अनुमान गरिएको छ । अपराह्नको समयमा वर्षाको समेत अनुमान गरिएको छ ।

