सरुवा गरेको ठाउँमा नजाने अधिकृत निलम्बित

जेठ २६, काठमाडौँ । रौतहटस्थित गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले सरुवा गरेको ठाउँमा नगएको भन्दै निलम्बन गरेको हो । कार्कीलाई मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ । जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत बेवास्ता गरेको मन्त्रालयको दावी छ ।

सरुवा भएको कर्मचारी गैरकानूनी रुपमा नगरपालिकामा कामकाज गर्न आएको भन्दै गौरका स्थानीय युवाहरूले शुक्रबार नगरपालिका अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.