नेहा कक्कर उपस्थित हुने इभेन्टका सञ्चालक घिमिरे पक्राउ

जेठ २६, काठमाडौँ । बलिउड गायिका नेहा कक्कर उपस्थित हुने कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे छन् ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम नै हेर्न नपाएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताएका छन् । उनका अनुसार प्रत्येक टिकट वापत ५ हजार रुपैयाँ लिइएको थियो ।

अन्तर्राष्ट्रिय कलाकार आउँदा समेत प्रहरीसँग आवश्यक सुरक्षा समन्वय नगरेको, क्षमताभन्दा बढी टिकल काटेकोलगायत आरोपमा सञ्चालकलाई पक्राउ गरिएको डिएसपी वोगटीले बताए । सञ्चालकले कार्यक्रम हेर्न नपाएका दर्शकको टिकटको मूल्य फिर्ता नगरे ठगी ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिएका छन् । कक्कर शनिबार काठमाडौंको कन्सर्टमा प्रस्तुत भएकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.