क्षयरोग नियन्त्रणमा सबै तहसँग आवश्यक समन्वय गरेर अघि बढनेः स्वास्थ्यन्त्री

जेठ २६, काठमाडौं । उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ मा बोल्दै मन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना रहेको बताएका छन् ।

सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको समेत जानकारी दिए । क्षयरोग निवारणका लागि सरकार प्रतिबद्ध भएर लागि परेको उनका भनाई थियो । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.