सरकारको पक्षमा समाचार नलेखे जेल जानुपर्ने अवस्था छ– नेता सिंह

जेठ २६, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढताकासाथ उभिने बताएका छन् ।

आइतवार नेपाली कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले भने, ‘चुनावमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन, अधिनायकवाद लाद्छन भन्दा कांग्रेसले के के बोलेको भन्थे’, उनले भने, ‘आज प्रेसमाथि अंकुश लगाउने मिडिया काउन्सिसल विधेयक ल्याएपछि बल्ल संचार जगतको होस खुलेको छ।’

सरकारको पक्षमा समाचार नलेखे जेल जानुपर्ने अवस्था आएपछि सञ्चारकर्मी नै रुनु परिरहेको उनले बताए। कांग्रेसले नै संविधान जारी गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो। संविधानमाथि धावा बोल्नेविरुद्ध कांग्रेस जाइलाग्ने पनि उनले बताए ।

त्यस्तै उनले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन्। उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्र संस्थागत सुधार गरी विधि विधानबाट चलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उल्लेख गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.