जंगली च्याउ खाँदा दुई बालिकाको मृत्यु

जेठ २६, पाल्पा । पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिका (दिदीबहिनी )को मृत्यु भएको छ। जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो ।

शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी परेका थिए । बिरामी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तरकारीका रुपमा आएको च्याँउ विषालु भएका कारण अन्य आठ गम्भिर बिरामी परेका छन । बिरामी बेहोस हुने, अत्तालिने र वान्ता गरिरहेको अवस्थामा अस्पताल लगिएको थियो ।

बिरामी हुनेमा चार परिवारका सदस्य ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन्। बिरामी परेकाको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.