गोकर्णेश्वरको अत्तरखेलमा फरार लुटेरालाई गोली हानेर पक्राउ

जेठ २४, काठमाडौँ । गोकर्णेश्वरको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको हो । ‘हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेको जनाएको छ । ‘समूहका सदस्य मध्ये फरार रहेका तामाङलाई बौद्धबाट नियन्त्रणमा लिएको हो । प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको प्रहरी स्रोतले बताए । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

हतियार देखाएर लुट्ने गिरोह

महाशाखाका एसपी ओम अधिकारीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो । ४ जेठमा यो समूहले जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेका थिए । ‘खुकुरी र फलामको रडसहित हतियार लिएर सञ्चालकलाई बन्धक बनाइ उनीहरुले काउन्टरमा रहेको नगद ८० हजार रुपैयाँ लुटेका थिए’, अधिकारीले भने, ‘अन्य ठाउँमा पनि उनीहरुले यही शैलीबाट लुटपाट गर्ने गरेको देखिएको छ ।’

समूूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिंङ यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुले कसुर स्वीकारिसकेको अधिकारी बताउँछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.