म्हार म्हेन्दो कलाकार संघको नाम परिवर्तन

जेठ २३, काठमाडौ । विगत २ वर्ष देखि सञ्चालनमा रहेको म्हार म्हेन्दो कलाकार संघलाई मलेसियामा दीर्घकालीन रूपमा स्थापित गराउन तथा नेपाल कलाकार संघ नेपालमा पनि सहकार्य र बृहत रूपमा अघि बढाउने उदेश्य सहित म्हार म्हेन्दो कलाकार संघको नाम परिवर्तन गरिएको छ ।

म्हार म्हेन्दो कलाकार संघ नाम रहदै गर्दा कतिपय तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा परिचित र परिचालन गर्न असहज र कठिनाइ भएको महसुस म्हार म्हेन्दो कलाकार संघ टिमले गरेकोले यसै अनुरुप सो संस्थाको नेपाल तामाङ कलाकार संघ राख्ने निर्णय भएको हो । मलेसियामा आजकै मितिबाट म्हार म्हेन्दो कलाकार संघबाट संस्थाको नाम परिवर्तन भई नेपाल तामाङ कलाकार संघ मलेसिया रहने एक विज्ञप्ति मार्फत जनकारी दिएको छ ।

संस्थाका सम्पुर्ण पदाधिकारी , सम्पुर्ण सक्रिय सदस्यहरुमा, सम्पुर्ण शुभचिन्तक , शुभेच्छुक लगायत विभिन्न संघ संस्थाहरुमा अवगत गराउदै यसबाट पर्न गएको असहजता प्रति कलाकार संघ परिवारले क्षमा याचना समेत गरेको उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.