जेठ २३, काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार) चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । बलियो टोली चाइनिज ताइपेइसँग खेल्न लागेको नेपाल जित निकाल्ने पक्षमा छ । नेपाली टोली गत आइतबार मलेसियासँग मैत्रीपूर्ण फुटबलमा २–० ले पराजित भएको थियो । राष्ट्रिय टोलीको प्रशिक्षकमा योहान कालिनलाई नियुक्त गरेपछि नेपाल तीन मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
पहिलो खेलमा नेपालले कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो । विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले बलियो टोलीसँग खेल्नु परीक्षण रहेको प्रशिक्षक कालिनले बताएका छन् ।

