दुई वर्षमा निर्माण गरिसक्ने भनेकाे पुल ९ वर्ष लाग्याे, त्याे पनि ढलान गर्दागर्दै भत्कियो

जेठ २३, झापा । मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.