आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउँथें – प्रधानमन्त्री

जेठ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने उत्साह रहेको बताएका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाको स्मार्टसिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बोल्दै उनले ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथेंजस्तो लाग्ने गरेको’ बताए । ‘तानाशाहजस्तो लामो समय शासनमा बसिरहन खोजेकोचाहिँ होइन’–उनले भने ।

प्रधानमन्त्री ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दिए । विश्वका अरु देशहरुलाई प्रकृतिले सीमित स्रोत दिएको तर नेपालमा अथाह स्रोत रहेको भन्दै उनले तर नोट नहुँदा देश पछिपरेको टिप्पणी गरे । ‘जति पुँजी छ, त्यतिमात्रै नोट छाप्न पाइँदोरहेछ’ भन्दै उनले देशका स्रोतलाई पुँजीकृत गर्न नसकिएको गुनासो गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.