पशुपतिनाथको सम्पत्ति विवरण सर्वजनिकः कोषमा १ अर्व २९ करोड बैंक मौज्दात

जेठ २२, काठमाडौं । पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानविन समितिले २०७५ सालसम्मको प्रतिवेदन सर्वजनिक गरेको छ ।

वुधबार आयोजीत पत्रकार भेटघाट कार्यक्रममा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०७४ कात्र्तिक ६ गते गरेको निर्णयानुसार पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानविन समिति गठन भई सम्पत्ति विवरण खोजिनीति कार्य गरेको बताएको छ । पशुपति क्षेत्र विकास कोषअन्र्तगत भएको चलअचल सम्पत्तिको संरक्षणको लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमा चल सम्पत्ति तर्फ पशुपतिनाथको मुूल ढुकुटीमा विं.सं. १०१९ देखि २०७५ सम्म आईपुग्दा ९ किलो २७६.६४ ग्राम सुन र चाँदी ३१६ किलो ५८६ ग्राम रहेको उल्लेख गरिएको छ ।

नगद मौज्दाततर्फ कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाबाट प्राप्त विवरणअनुसार रु. एक अर्व उन्नतिस करोड अठतिस लाख एकतिस हजार दुई सय पन्ध्र रहेको छ । उक्त रकम मध्ये रु. १ अर्व अक्षय कोष निर्माण गरिएको र अक्षय कोषमा राखिएको रकमको प्राप्त हुने व्याजबाट केही रकम सामाजिक सेवा एवम् विपत्का बेला खर्च गरिने नीति लिइने उल्लेख गरिएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.