मजदुर दिवसका दुई फरक दृष्य (भिडियो)

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरका विभिन्न कार्यक्रम भए। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर १२९ वर्ष अगाडि मे १ का दिन मजदुरहरुले संघर्ष शुरु गरेका थिए। यही दिनको सम्झनामा आजको दिनलाई विश्वभर मददुर दिवसकोरुपमा मनाउने गरिन्छ।

मजदुर दिवसमा विभिन्न पार्टी निकट मजदुर संगठनहरुले राजधानीमा जुलुश निकाले। उनीहरुले मजदुरका हकहितका कुरा उठाए। तर अर्को तर्फ अझै पनि वास्तविक मजदुरहरु न्युनतम ज्यालाकै लागि संघर्ष गर्नु पर्ने बाध्यता पनि कायम छ। समान कामको समान ज्यालाको नारा अझै उठाउनु परिरहेको छ। वाल श्रमिक समस्या पनि छ। मजदुर दिवश केही पार्टीका संगठनहरुको लागि मात्र सिमित हुँदै आएको आरोप लाग्ने गरेको छ। राजधानीमा मजदुर दिवसको दिन दुई फरक दृष्य हामीले क्यामेरामा कैद गरेका छौं।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.