इटहरीका मेयर चौधरीले दिएको अभिव्यक्तिले नेकपामा बहस सुरु

जेठ २१, काठमाडौँ । इटहरीका मेयरले दिएको अभिव्यक्तिले नेकपामा बहस सुरु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश ५ इन्चार्ज शंकर पोखरेलले मेयर द्वारीका चौधरी पार्टी मान्यताको बारेमा अनविज्ञ रहेको भन्दै उनका बुझाइहरु पूर्णतया त्रुटीपूर्ण रहेको दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलले मेयर चौधरीलाई हक्की स्वभावको मान्छे भन्दै जवजबाट दिक्षित कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनप्रति सजक हुनुपर्ने भन्दै आत्मआलोचना गर्न आग्रह समेत गरेका छन् । मेयर चौधरीको अभिव्यक्ति पीतपत्रकारीता र भ्रष्टाचारका विरुद्ध भएपनि अभिव्यक्ति भने अस्वभाविक भएको दाबी समेत गरेका हुन् ।

यस्तै, नेकपाका अर्का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले समेत मेयर चौधरीलाई आत्मआलोचना गर्न सुझाएका छन् । नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, मेयरले दिएको अभिव्यक्ति पदीय मर्यादा र पार्टीको लाइन विपरित छ । तसर्थ उहाँले आत्मआलोचना गरेर पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहनुहुनेछ । यद्यपी नेता भट्टराईले मेयर चौधरी हक्की स्वभाव, प्रष्ठ वक्ता र इमान्दारीताको प्रशंसक रहेको जनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.