बिनाअपरेसन निकालियो फोक्सोको ट्युमर

जेठ २२, काठमाडौं । नेपालमै पहिलोपटक एकजना २० वर्षीय युवकको फोक्सोको ट्युमर सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात बिनाशल्यक्रिया निकालिएको छ। उनको उपचार मेडिसिटी अस्पतालमा गरिएको शो ।

माइक्रोवभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ। चिकित्सका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ।

यस उपचारमा संलग्न चिकित्सकमध्ये एक डा। ओमबिजु पन्तका अनुसार नेपालमा कहीं– कहीं यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरका लागि यो पहिलो सफलता हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.