अस्पतालको सेवा सफ्टवेयर मार्फत

जेठ २२, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएम आईएस) जडान गरिएको छ । भेरी नगरपालिकाको सहयोगमा अस्पतालमा सो सफ्टवेयर जडान गरिएको हो ।

“नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा सो यस्तो व्यवस्था गरिएको हो ।” नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने । भेरी नगरपालिकाको ६ लाखको सहयोगमा जडान गरिएको सो सूचना प्रणाली सफ्टवेयर घर्तीले मङ्गलबार अस्पताललाई हस्तान्तरण गरेका हुन ।

अस्पतालको चौतर्फी विकास तथा ब्यवस्थापनमा भेरी नगरपालिकाले सकृयता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिनुभयो । अब सेवाग्राहीलाई सफ्टवेयरमार्फतनै अस्पतालको जानकारी उपलब्ध हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.