७५ हजार घूससहित वडाअध्यक्ष पक्राउ ✍️ प्रारम्भ खबर 📅 २१ जेष्ठ २०७६, मंगलवार १९:५३ 209 जेठ २२, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घूस रकम लिएका थिए ।