जेठ २१, काठमाडौं । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङका एक युवा काठमाडौँबाट पाँच दिनदेखि बेपत्ता भएका छन । चिकित्सा शिक्षा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत शिशिर खनाल शुक्रबार जेठ १७ गतेदेखि सम्पर्कविहीन हुनु भएको छ ।
विगत चार दिनदेखि सम्पर्क बिहिन रहेका शिशिर खनालको खोजीका लागि परिवारजनले अनुरोध गर्नुभएको हो । खनालसँग भएको मोबाईल नम्बरबाट स्थान पहिचान गर्न खोज्दा प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको धोवीघाट देखाउने गरेको परिवारजनले बताएपनि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन ।
उहाँ घरबाट बाहिर निस्किँदा रातो रङगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्कनुभएको थियो । सो बाईक किर्तिपुरको पुष्पलाल पार्क नजिकै भेटिएको परिवार स्रोतले जनाएको छ ।
कही कतै कसैले देखेमा नजिकैको प्रहरीमा खबर गरिदिन आग्रह गर्दै परिवारस्रोतले मोबाईल नम्बर ९८४७५०९२४४, ९८४७१५६७७२ र ९८४३०६०९७९० मा कल गरिदिनुहुन परिवारले आग्रह गर्नुभएको छ ।

