जेठ २१, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित आत्तरखेलमा रहेको संगम टोलले रचनात्मक रुपमा सन्देश प्रवाह गर्दै आएको छ । प्रत्येक शनिवारको विहान टोलका सबै जना टोलबासीहरु झाडुसहित वरीपरी घुुम्छन् र सक्रियाकासथा सरसफाई अभियानमा लाग्छन् । तीनै सकारात्मक सन्देश प्रवाह गर्ने संगम टोलमा अधिकारी, शेर्पा, तामाङ, थापा, कोइराला , गुरुङ थरका मानिसहरुले विभिन्न स्थानवाट आएर वसोवास गरेको देखिन्छ । त्यही टोलमा रहेको जातिय विविधता भित्रको अनुपम मेलले सिंगो नेपालको भावना समेटेको देखिन्छ। एक अर्का प्रतिको भाइचारा, विश्वास र एकताले अवको नेपाल पनि यस्तै हुनु पर्छ भन्ने भान देखाउछ । एक अर्कालाई परेको विपत्तीमा, विकासमा अनि आपसी विश्वासमा भएको अनुपम मेल राम्रो उदाहरण छ ।

विश्व प्रसिद्ध सगरमाथा पर्वतारोही पेम्वा दोर्जी शेर्पा, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङ पनि त्यहि टोल भित्रका परिवारका सदस्य हुन। ईष्टपोल मा. वि. मा भाइस प्रिन्सिपल प्रकाश अधिकारीको पहलमा त्यस टोलको नामाकरण देखि एकता सम्मको पहल भएको देखिन्छ । उहाँको नेतृत्वमा संगम टोल सुधार समिति गठन गरि प्रत्येक घरका एक सदस्य प्रत्येक शनिवार विहान ७ वजे कुचो लिएर आफनो टोल सफा गर्न आह्वान गरी शुरु गरिएको अभियानले ९० औं हप्ता पुरा गरिसकेको छ । पानी परोस , चाडवाड परोस वा घाम लागोस अविचिलित ढंगवाट शुरु भएको टोल सरसफाई अभियानलाई निरन्तरता दिएको छ ।

फोहोर गरेर सफा गर्नु भन्दा फोहोर नै हुन नदिनु जाति हो तर पनि आपसी एकता र विश्वास लाई पनि मजवुत पार्नका लागि यो निरन्तरता दिएको देखिन्छ । सफा मात्र नगरी , टोल लाई सुन्दर वनाउन यो टोल सुधार समिति निरन्तर खटेको देखिन्छ । हाम्रो अत्तरखेल राम्रो अत्तरखेल सरसफाई अभियान पनि सफलतापुर्वक सत्तचालन गरेर सरसफाईको चेतना जगाएका अधिकारीले यो अभियान पनि नमूनाको रुपमा रुपान्तरण गरेको देखिन्छ । विपन्न, असहाय, सडक वालवालिकाको क्षेत्रमा पनि क्रियाशिल अधिकारीको यो अभियानमा समस्त संगमटोल वासीको ऐक्यवद्धता देखिन्छ ।

