दिनेश कार्की ।
जेठ २१ ,मकवानपुर । आइतबार देखि ३ नम्बर प्रदेश राजाधानी हेटौंडामा नमुना युवा संसदको अभ्यास गज्जब ले भइरहेको छ ।
राष्ट्रिय युवा परिषदको आयोजनामा भइरहेको उक्त कार्यक्रममा प्रदेश ३ को १३ वटा नै जिल्ला बाट विविध माध्याम बाट छानिएर आएका लगभग ४० जना युवाले जोडदार संसदीय अभ्यास गरिरहेका छन् । आइतबार देखि बुधबार सम्म चल्ने ४ दिवसीय उक्त कार्यक्रममा पहिलो दिन राष्ट्रिय युवा परिषद को काम ,कर्तव्य र अधिकार का बारे जानकारी दिदै युवाको बर्तमान अवस्था ,श्रम बजारमा युवाको प्रतिशत ,तथा राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ का बारेमा बताउदै युवा संसदको अवधारणा किन र कहिले? भन्ने बारेमा रमेश पौडेलले प्रशिक्षण दिनु भएको थियोे ।
यस्तै क्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य तथा ने.क.पा. मकवानपुरका अध्यक्ष माननीय मुनु सिग्देलले लोकतन्त्र स्थापनाको लागि गरेको संघर्ष व्यवस्थासंगै अवस्था परिवर्तनका लागि युवाको आवस्यकता, युवा लक्षित एजेन्डा निर्माणमा युवाको भुमिका, महिला उद्धमशिलता र सिर्जनशिलता तथा संसद भइसके पछि उसको दायित्व र भिजन के हो? भन्ने बारे प्रदेश नम्बर ३ का आम युवा संसदको जमात लाई स्पष्ट पार्नु भएको थियो। यस्तै क्रममा अधिवक्ता बालकृष्ण सिग्देलले ब्यब्वस्थापिका ,कार्यपालिका र न्यायपालिका को काम कर्तव्य र अधिकार लाई बताउदै यी सबै प्रमुख अङग को अन्तर सम्बन्ध बारे स्पष्ट पार्नु भयो ।
यसरी पहिले नै सामान्य प्रशिक्षण पाइसकेका युवा संसदहरु सोमबार भने युवा सरकार निर्माण तर्फ पो लाग्न थाले लोकतान्त्रिक पद्धति मै रहेर सत्ता पक्ष र प्रतीपक्ष चुनियो । र सरकार निर्माण हुँदै मन्त्री मण्डल गठन भयो ।त्यस्तै क्रममा प्रदेश ३ युवा सरकारको युवा प्रधानमन्त्रीमा काभ्रेका रन्जन पौडेल नियुक्त भए भने राष्ट्रपति मा सिन्धुपाल्चोक का सुमनी श्रेष्ठ चुनिन सफल भइन । सभामुख मा नवराज देवकोटा तथा मकवानपुर थाहा नगरपालिका का दिनेश कार्की ले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सम्हाल्ने भएका छन । यस्तै दोलखाका बिकास थामी ले गृह मन्त्री ,रामेछापका बोध प्रसाद दाहाल ले श्रम तथा रोजगार मन्त्री, चितवनका आरती घिमिरेले युवा तथा खेलकुद मन्त्री , सिन्धुलीका सुस्मा थिङले स्वस्थ्य, जनसंख्या तथा बाताबरण मन्त्री र धादिङ का रविना पौडेलले कृषि मन्त्रीको जिम्मेवारी पाएका छन् भने प्रमुख संसदीय दलको नेतामा रामेछापका नृपेस सापकोटा र महासचिवमा मकवानपुरकै अस्मिता कार्कीले नेतृत्व गर्ने भएकि छिन् ।
भोलि मङलबार भने केन्द्रिय व्य्बस्थापिका संसद बैठक कै ढाँचामा युवा संसदको बैठक सन्चालन हुने छ । र अन्तिम दिन प्रदेश मुख्य मन्त्री, प्रदेश तथा प्रतिनिधि सभा सदस्य ,हेटौंडा उप(महानगरपालिका का मेयर ,उप( मेयर तथा अन्य सरोकार वाला र स्थानीय युवा जमातको बिचमा युवा संसदले भब्य संसद चलाउने छन। हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघको सभाहल मा चलिरहेको यो कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा प्रमुख शारदा ज्ञावलि तथा प्रदेस संयोजक पबित्रा भुर्तेल ले सहजिकरण गरिरहनु भएको छ भने रमेश पौडेलले प्रशिक्षण दिइरहनु भएको छ ।

