जेठ २०, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वका विप्लव समूहले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा भन्ने समाचार आए संगै काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको छ । गतराती हातहतियार सहित प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास गरेको भन्ने समाचार आए संगै सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको हो ।
मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका र विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको भन्ने खबर फैलिएकाे भएपनि सोलुखुम्बुस्थित सुरक्षाअधिकारीहरूले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।
पाँच सात जना मान्छेहरु आएका हुन ः गाउँपालिका अध्यक्ष महाकुलुङ गाउँपालिका–३ का अध्यक्ष सागर किरातीका अनुसार राति ५।७ जनाको संख्यामा रहेका केही मान्छे चौकीमा आएको भए पनि नाम्चे हिडेको भन्दै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो ठुलो संख्यामा आएको र चौकी कब्जामा नै लिने प्रयास भन्ने कुरा थाहा भएन तर ५। ७ जनाको समूह आएका मानिसहरू आएको थिए तर उनीहरु नाम्चे जान भनि हिडे । न्यूज २४ टिभिसंग उहाँले भन्नुभयो ः चौकी कब्जा गर्न खोजेको भन्ने समाचार आए संगै गस्ती बढेको छ ।

