जेठ २०, काठमाडाैं । पर्यटकीय क्षेत्र नगरकोटको सामुदायिक वन अतिक्रमण गरी बनेका घर।टहरामा चाँगुनारायण नगरपालिकाले डोजर चलाएको छ ।
पटक–पटक सूचना जारी गर्दै भत्काउन निर्देशन दिए पनि अटेरी गरेपछि नगरपालिकाले भत्काउन थालेको मेयर सोमप्रसाद मिश्रले बताए । आइतबार नगरपालिकाले प्रशासन, प्रहरी र वन कार्यालयसँग समन्वय गर्दै डोजर लगाएर २० घर।टहरा भत्काएको हो । नगरपालिकाले वनको जग्गा प्रयोग गरिरहेकाहरूलाई खाली गर्न १६ वैशाखमा पत्राचार गरेको थियो । तर, स्थानीयले अटेर गर्दै आएका थिए । भक्तपुर, काभ्रे र काठमाडौंको सीमास्थित नगरकोटको कुसुम सामुदायिक वन फँडानी र अतिक्रमण गरी २०७ वटा घर।टहरा बनेको नगरपालिकाको तथ्यांक छ ।
ती घर।टहरामा दुई सयवटाभन्दा बढी रेस्टुरेन्ट, होटेल, खाजाघर, किराना पसल र चिया पसल सञ्चालित छन् ।

