शव राख्न आधुनिक उपकरण खरिद

जेठ १८, काठमाडौँ । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरिद गरेको छ ।

धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण खरिद गरिएको हो । आफन्तले नबुझेका तथा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव राख्न मिल्ने उपकरण खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । “अस्पतालमा शव खुला राख्दा सड्ने गनाउने तथा अस्पताल परिसरमा दुर्गन्धित भएको थियो”, उनले भने, “आधुनिक शव राख्ने उपकरण खरीद गरेसँगै वर्षौंदेखिको समस्या सदाका लागि अन्त्य भयो ।”

सो ‘मर्चुरी चेम्बर’मा एकै साथ चार शव राख्न सकिन्छ । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकसमेत राखिएको छ । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । उक्त अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप बढेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.