प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार, साथमा नेपाल भ्रमणको निम्तो

जेठ १७, काठमाडौं । यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमेन्त्री मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिएका छन् । मोदी शिवभक्त भएका कारण उनलाई रुद्राक्ष उपहार दिइएको बताइएको छ ।

उनी यसअघि नेपाल भ्रमणमा आउँदा पशुपति लगायतका शिवालयमा विशेष पूजाआजा गरेका थिए । नेपाली समयअनुसार ११ः४५ बजे हैदरवाद हाउसमा भएको भेटवार्ताका क्रममा ओलीले मोदीलाई रुद्राक्ष उपहार दिंदै नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले गरेको ट्विटमार्फत ओलीले दिएको उपहारको तस्विर सार्वजनिक भएको हो । प्रधानमन्त्री ओली कार्यक्रम सकेर आज अपरान्ह फर्किने कार्यक्रम रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.