घुस लिँदै गरेका वडा सदस्य पक्राउ

जेठ १७, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–४ का एक वडा स दस्य ३६ हजार घुससहित पक्राउ परेका छन् ।

एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घुस लिँदै गर्दा शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो। गाउँपालिकामा निमार्ण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निमार्णमा सदस्यले पैसा माग्दै अवरोध गरेका र सो पैसा दिएपछि काम गर्न दिएको जनाइएको छ ।

गाउँपालिका क्षेत्र बाहिर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा गएर सदस्यले घुस लिने सहमति गरेको थिए । सोही ठाँउबाट उनी पक्राउ परेका हुन् । आयोगको बर्दिबासको टोलीले आवश्यक कारबाहीका लागि तयारी गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.