जेठ १७, काठमाडौँ । बी.पी. संग्रहालय सुन्दरीजलले जेठ ३० गते ऐतिहासिक लोकतान्त्रिक थलो कोइराला निवासको भ्रमण गर्ने भएको छ ।
बिराटनगरको कोइराला निवासमा ३ दिनसम्म हुने उक्त अवलोकन तथा भ्रमणमा वि.पी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाले स्थापना गरेका आदर्श स्कुल, काली मन्दिर, ३० सालमा अपहरण गरी काँग्रेसले सनसनी पूर्ण रूपमा पञ्चायत र राजालाई तर्साएको हवाइजहाज अवतरण गरेको ठाउ फारबिसगंज अध्ययन गरिने भएको छ । बी.पी. संग्रहालय सुन्दरीजलका अध्यक्ष पर्शराम पोख्रेलले भ्रमणको तयारी भईरहेको जानकारी गराउँदै ६० जनाभन्दा बढि संख्यामा राजधानीबाट उक्त क्षेत्रमा प्रस्थान हुने र इतिहासको बारेमा चर्चासमेत गरिने बताए ।
यस अघि पनि बी पी संग्रहालयले बी. पी. को पुख्यौली थलो सिन्धुली दुम्जा स्थित पिताजी कृष्ण प्रसाद कोइराला जन्मिएको जीण घरको अवलोकन गर्नुका साथै सामान्य मर्मतका लागि आर्थिक सहयोग र स्थानियको सहयोग प्राप्त भएमा उक्त घर निर्माण गर्ने प्रतिबद्धता अध्यक्ष पोख्रेलले गरेका छन् । संग्रहालयले नेपालमा मात्र नभएर भारतको वनारसको कार्यक्रम समेत राखेको जानकारी प्राप्त हुन आएको छ

