जेठ १७, हेटौडा । हेटौडा ७, नागस्वतिमा तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालको अध्यक्षतामा एक दिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।
शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियकलाप कसरी रुचिकर र विद्यार्थीमाझ केन्द्रीत बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षक बिबस थापाले मावि, निमावि र प्रावि तहका शिक्षकलाई तालिम दिएका थिए ।

प्रशिक्षक थापाले तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयको कक्षा १० का ६५ विधाथीलाई र भियतनामको कक्षा १० का ३५ विधार्थीलाई अन्तरक्रिया गराएका थिए । भियतनामको तर्फबाट शिक्षक हन्नहा फेमले सहजकर्ताको भूमिका गरेका थिए भने रसियन शिक्षक एलिना डेगटेर्वले १० का विद्यार्थीलाई रसियाको संस्कृति बारेमा स्केप एप प्रयोगको माध्यमबाट जानकारी दिए ।
प्रशिक्षक थापाले झुम एप्स्को माध्यमबाट अहिलेको आधुनिक युगमा कसरी विकसित मुलुकहरुमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको छ भन्ने बारेमा मावी, निमावि र प्रावि तहका शिक्षकहरुलाई जानकारीसहित प्रशिक्षण दिए । कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने भनेर श्रव्य दृश्यमा प्रस्तीकरण गरे । कार्यक्रम तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयका शिक्षक सरल गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो ।

