आयकरमा अलग-अलग छुट ✍️ प्रारम्भ खबर 📅 १६ जेष्ठ २०७६, बिहीबार ०१:१२ 177 जेठ १६, काठमाडौं । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो ।