सरकारले लोकतन्त्रमाथि हमला गरिरहेको सभापति देउबाको आरोप

जेठ १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले लोकतन्त्रमाथि हमला गरिरहेको आरोप लगाएका छन् ।

बुधबार गणतन्त्र दिवसको अवसरमा काठमाडौको शान्तिबाटीकामा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न लागेको बताएका हुन । उनले भने ‘प्रेस र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न शुरु गरेको छ । जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रको कल्पनिा गर्न नसकिने देउवाले उद्घोष गरे । लोकतन्त्रको रक्षाका निम्ती पार्टी नेता तथा कार्यकर्ताले बलियो भएर प्रस्तुत हुनुपर्ने अवस्था आएको उनले जनाएका छन् ।

उनले लोकतन्त्र प्राप्तीका लागि कांग्रेसले ठूलो लडाई, त्याग र तपस्या गरेको जनाएका छन् । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न एक जुट हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.