जेठ १५, काठमाडौं । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ ।
बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गर्नुभएको थियो ।
उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको संशोधनमा कैद सजाय थपिएको छ ।

