२ विवाहित र १ अविवाहित युवती बेपत्ता

जेठ १५, बर्दिया । गत बुधबार बिहान ५ बजेदेखि जिल्लाको मधुवन नगरपालिका–५ गाउँनम्बर ११ बाट तीन महिला बेपत्ता भएका छन्। नजिक(नजिकै घर रहेका १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली बेपत्ता भएका हुन । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन भने टीका अविवाहित हुन्।

घरबाट विहान ५ बजे उनीहरु सम्पर्कविहिन भएका उनीहरुको मोबाइल ‘स्वीचअफ’ र आफन्तकोमा समेत नभेटिएपछि परिवारजनले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन । उनीहरुले माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन्।

बेपत्ता तीनै जनाको घर नजिकै छ। इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.