तलबभत्तादेखि सांसदको खर्चमा वृद्धिका निम्ति दबाब

जेठ १५, काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७६÷७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । संवैधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैबीच सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन ।

अर्थमन्त्री खतिवडाले दोस्रो बजेट प्रस्तुत गर्न लागेका हुन । उनले गत वर्ष चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ वजेट प्रस्तुत गरेका थिए । स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने भएको छ । यसबीच ठूलो आकारको बजेट ल्याउने कुरामा अर्थविद्हरुको भने असन्तुष्टि रहेको जनाइएको छ ।

सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आई पुँजीगत खर्च न्यून रहेका बेला ठुलो बजेट ल्याउन नहुने विज्ञहरुको सुझाव छ । यसपटकको बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धिका साथै प्रत्यक्ष र समानुपातिक संसदले खर्च गर्न पाउने रकमलगायतमा वृद्धिका निम्ति दबाब परेको अवस्था छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.