अहिलेसम्म विकास खर्च ४४ प्रतिशत मात्रै

जेठ १५, काठमाडौं । १४ जेठमा चालू आर्थिक वर्षको बजेट आएको एक वर्ष पुगेको छ। तर, यस अवधिमा जम्मा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ।

यस वर्ष पुँजीगत शीर्षकमा तीन खर्च १४ अर्ब विनियोजन भएकोमा १४ जेठसम्म एक खर्ब ३८ अर्ब मात्रै खर्च भएको हो। समग्र खर्च पनि यस वर्ष निराशाजनक नै छ। आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदा जम्मा ५७ प्रतिशत मात्रै बजेट खर्च भएको छ। १४ जेठसम्म कुल बजेटको सात खर्ब ४८ अर्ब ७१ करोड मात्रै खर्च भएको हो। चालू बजेट खर्चको दर पनि कम अर्थात ६५ प्रतिशत छ। चालू शीर्षकमा आठ खर्ब ४५ अर्ब बजेट विनियोजन भएकोमा पाँच खर्ब ५५ अर्ब मात्रै खर्च भएको हो।

वित्तिय व्यवस्थापनतर्फ जम्मा ३५ प्रतिशत खर्च भएको छ। चालू आवका लागि संघीय सरकारको बजेट १३ खर्ब १५ अर्बको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.