भारतले नेपालका ७३ ट्याङ्करलाई भन्सारमा रोक्याे

जेठ १४, झापा । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई रोकेको छ । पूर्वी भारतबाट आउँदै गरेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु भइरहेको भन्दै ४ दिनदेखि रोकेको हो ।

मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गर्छ । नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलका अनुसार मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका छन ।

सोही अहिले कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।

अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु भइसके पनि सिस्टममा समस्या भन्दै ट्यांकर रोकिराखेको बताइएको छ । नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको लोकमणि पौडेलले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.