विप्लव समूहका तीन नेता-कार्यकर्ताले पार्टी परित्याग गर्दै अात्मसमर्पण गरे

जेठ १४, ललितपुर । नेत्रविक्रम चन्द विप्लव समूहका मध्य कमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी सहित ३ जना नेताले राज्यसामु आत्मसमर्पण गरेका छन ।

केही समयअघि काभ्रेबाट सो पार्टीका मध्यक्षेत्र कमाण्डर हेमन्तप्रकाश वली पक्राउ पर्दा सँगै अधिकारी पनि पक्राउ परेका थिए । त्यही बेला पक्राउ परेका अन्य दुईजना संजिव कार्की र देवराज घिमिरेसहित अधिकारीले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेको जनाइएको छ । उनीहरुले हिंसाको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता गर्दै पार्टीसमेत परित्याग गरेको घोषणा गरेको प्रशासन स्रोतले जनाएको छ ।

पक्राउपछि उनीहरुमाथि राज्यद्रोहको मुद्दा लगाइएको थियो । ललितपुर जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा रिहा गरेलगत्तै पार्टी नै परित्याग गरी आत्मसमर्पण गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

रौतहट इन्चार्ज अधिकारी अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता थिए भने उनी खानेपानीमन्त्री बिना मगरका पूर्व पति समेत हुन । पार्टी विभाजनसँगै उनी वैद्य खेमा हुँदै विप्लव समूहमा लागेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.