सदनमा बोल्दै गृहमन्त्रीले भने– ‘बिष्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्’

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भएका छुट्टाछुट्टै विष्फोटमा परी मृत्यु भएकाहरु चारैजना प्रतिवन्धित समूह नेकपाका कार्यकर्ता भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिवन्धित नेकपाका कार्यकर्ताहरु भएको दाबी गरे । “नेकपा विप्लव भनिने समूहको मूल निशाना उपत्यका बनेको छ । हिजो (आइतबार) भएका विष्फोटका घटनामा चारजनाको मृत्यु भएको छ । केही घाइते भएका छन्,’’ उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश समूहसँग आवद्ध छन् ।’’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको पनि बताए । गृहमन्त्री थापाले उक्त समूहलाई नियन्त्रण गरेर वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए । ‘‘नेकपा विप्लव भनिने समूहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौं । उनीहरुलाई मुलधारमा ल्याउन, उनीहरुका गतिविधिहरु नियन्त्रण गर्न राज्य प्रयासरत छ,’’ उनले भने ।

केही नेकपा विप्लव भन्ने समूहले संविधानको विरुद्ध, राज्य व्यवस्थाको विरुद्ध उनिहरुले गैरकानुनी र शान्ति विरोधी , गतिविधिहरु गर्दै आएका छन् । जनसरकारको रुपमा जनपरिषद् भन्ने संस्था गठन गरेर छन् । जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेका छन् । सबै गतिविधिहरुको नेतृत्व गर्नका लागि उनिहरुले नेकपा भन्ने पार्टी पनि गठन गरेका छन् । केही वर्ष र समयदेखि उनिहरुले सशस्त्र गतिविधि गैरकानुनी गतिविधिहरु सञ्चालन गर्दै आईरहेका छन् । भ्रष्टाचारको विरुद्ध भन्ने नारा अन्र्तगत देशव्यपी रुपमा एनसिएलका टावरहरु र ठाउँठाउँमा विस्फोटनका घटनाहरु देखिएको छौँ । त्यही गतिविधिहरुको निरन्तरता देखिरहेका बताउँदै अहिलेको मुल निशाना उपत्यका भएको छ । हिजो मात्रै उपत्यकाका ठाउँठाउँमा विस्फोटहरु भएको रिर्पोटिङ गरे । उक्त विस्फोटनबाट ४ जनाको मृत्यु भएको सदनलाई जानकारी गराउँदै आधा दर्जन व्यक्तिहरु घाईते भएको र मृत्यु भएकाहरु कुनै नागरिक नभएको भन्दै समुहसंग सम्बद्ध कार्यकर्ताहरुको मृत्यु भएको प्रस्टयाए । घाईते भएकाहरु नि अधिकांश समूहसंगै सम्बद्ध रहेको उल्लेख गरे । आज पनि ठाउँठाउँमा आगजानी भएको र विस्फोट गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.