भरुवा बन्दुकसहित २ जना पक्राउ

ज्येष्ठ १३, चितवन । चितवनमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन। अवैध रुपमा भरुवा बन्दुक प्रयोग गर्ने भरतपुर महानगरपालिका २९ जुगेडीका ३५ वर्षीय सोमबहादुर गुरुङ र भरतपुर २९ भोर्लाङका ३४ वर्षीय सूर्यबहादुर चेपाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

उनीहरूले प्रयोग गर्दै आएको भरुवा बन्दुक ३ थान लुकाइराखेको स्थानबाट फेला पारेकाे प्रहरीले जनाएकाे छ। प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको नेतृत्वमा गएको टोलीले लुकाई राखेको बन्दुकसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको डिएसपी रेग्मीले बताए।

उनीहरूसँगै सिकार खेल्न गएका जुगेडीकै ३९ वर्षीय सुकबहादुर चेपाङ आफैँले बोकेको भरुवा बन्दुक पड्केर खुट्टामा छर्रा लागेर घाइते भएपछि घट्ना सार्वजनिक भएको थियो। दाइने खुट्टामा छर्रा लागेर गम्भीर घाईते भएका सुकबहादुरको अहिले शिक्षण अस्पताल काठमाडाैंमा उपचार भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.