भरतपुरमा नमुना युवा संसदको अभ्यास

जेठ १२, भरतपुर । भरतपुरमा महानगरस्तरीय ऐतिहासिक नमुना युवा संसदको अभ्यास सम्पन्न भएको छ ।

भरतपुर महानगरको आयोजना तथा जिल्ला युवा समिति चितवनको समन्वय र सहकार्यमा सम्पन्न त्रिदिवसीय यस अभ्यासमा सहभागी संपूर्ण (६५ जना) युवाहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अवसर पाएमा युवाले छोटो समयमा पनि राम्रो र अनुकरणीय काम गर्न सक्छन् भन्ने सन्देश दिन महानगरका युवा सफल भएका छन् ।

आजका युवा यो देशका भोलिका कर्णधार र वर्तमानका साझेदार समेत भएकोले युवालाई देशको संविधाना ऐन कानून संसदीय प्रक्रिया अनुशासन राष्ट्रियता मूल्य मान्यता जनप्रिनिधिहरुले खेल्नुपर्ने भूमिकाका वारेमा जानकरी गराउँदै युवाका मुद्दा चुनौती संभावना र अवसरका बारेमा बहस पैरवी गर्ने थलोका रुपमा युवा संसदलाई विकास गर्न खोजिएको छ । युवालाई अधिकार मात्र हैन कर्तव्य र जिम्मेवारी प्रति पनि सजग र सचेत गराउने अभियाना पनि हो । राज्य प्रणालीमा आँफै सहभागी भएर देश र जनताका माग आकाङ्क्षा र चाहनालाई सम्बोधन गर्दा कस्तो अनुभव हुने रहेछ भन्ने कुरा सिकाउनु र उनीहरुलाइ यस कुराका वारेमा प्रत्यक्ष अनुभूति दिलाउनु पनि यसको अर्को उद्देश्य हो ।

भरतपुरको नमुना युवा संसद कार्यक्रमलाई एक विशेष समारोहका बीच प्रदेश सभा सदस्य (प्रदेश नं ३) माननीय घनश्याम दाहालले उ३्घाटन गर्नुभएको थियो । युवाको नेतृत्व क्षमता विकासका लागि आयोजित यस महत्त्वपूर्ण कार्यक्रममा राष्ट्रिय युवा परिषदलाई सहजीकरणको पुर्ण जिम्मेवारी प्रदान गरेकोमा भरतपुर महानगरलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । यसै क्रममा राष्ट्रिय युवा परिषदका उपसचिव एवं सूचना अधिकारी श्री ध्रुवराज पौडेलले उक्त नमूना युवा संसदको अभ्यास तथा प्रस्तुतीकरणका लागि तीन दिनसम्म सहजीकरण गर्नुभएको थियो ।

महानगरका युवाले संघीय संसदमा हुने प्रायस्सबै क्रियाकलापहरुका वारेमा अभ्यास तथा प्रस्तुतीकरण गरको थिए । कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख रेणु दाहालले सबै युवालाई बधाई दिदै आगामी दिनमा बस्तीस्तरको योजना छनौट देखि लिएर महानगरको हरेक योजना निर्माण, कार्यान्वयन तथा अनुगमन एवं मुल्यांकन कार्यमा हरेक वडामा गठित युवाक्लबमा आवद्ध युवालाई सँगसंगै लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसप्रकारको प्रतिवद्धता समस्त महानगरवासी युवाका लागि सकारात्मक पक्ष हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.