प्रदेश २ मा ७ करोड बजेट हिनामिना

ज्येष्ठ १२, काठमाडौं । प्रदेश २ को प्रदेशसभा र विभिन्न मन्त्रलाय भवन मर्मत तथा फर्निचर खरिदमा आर्थिक अनियमितता भेटिएको छ। संसदीय विशेष अनुगमन समितिले अनियमितता ठहर गरेको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) मार्फत नेपाल सरकारले ७ करोड बजेट दिएको थियो। भवन मर्मतसम्भारमा ६ करोड र फर्निचरका लागि १ करोड विनियोजन गरिएको थियो।

एउटै शीर्षक र सामानको भुक्तानी दुईपटक गरेको पाइएको समितिका सदस्य शिवचन्द्र चौधरीले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.